कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
भारतमा कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको अस्ति आइतबार र हिजो मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृ्दयाघात भएको बताइएको छ ।

अस्ति आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । त्यस्तै खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको हिजो मृत्यु भएको छ । उहाँको मृत्यु पनि हृ्रदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विशेषज्ञहरुले भने खोप लिएको दुई दिनपछि मृत्यु भएको भए पनि मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको बताएका छन् । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने ७ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्