आज देशभर ६७४३ स्थानमा एकै साथ जाग्दै छ काङ्ग्रेस, उत्साहपूर्ण सहभागिताको लागि दाङ काङ्ग्रेसको अपील – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज देशभर ६७४३ स्थानमा एकै साथ जाग्दै छ काङ्ग्रेस, उत्साहपूर्ण सहभागिताको लागि दाङ काङ्ग्रेसको अपील

    मा प्रकाशित

कनिका खबर
माघ ८, दाङ ।

आन्दोलनमा काङ्ग्रेस ! - Sabda Nepal
प्रतिनिधिसभा विघटनको विरोधमा काङ्ग्रेसले आज बिहीबार वडास्तरीय देशव्यापाी विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनपश्चात त्यसको विरोधमा लगातारजसो विरोत्ध प्रदर्शन गर्दै आएको काङ्ग्रेसले वडास्तरीय विरोध कार्यक्रम गर्न थालेको हो । आज देशभरका ७५३ वटा पालिकाका ६७४३ वटा वडाबाट काङ्ग्रेस एकै साथ सडकमा उत्रन थालेको हो ।

संसद विघटन गरेर संविधान नै खतरामा पारेको बताउँदै आएको काङ्ग्रेसले विभिन्न विरोधका स्वरुप प्रदर्शन गर्दै आएको छ । प्रधानमन्त्री ओलीको कदम विरुद्ध काँग्रेसले थालेको विरोध कार्यक्रमले सरकारका प्रतिगामी कदम र असंवैधानिक कार्यको विरोध गर्ने भएको हो । सालिन र संवाद मैत्री जिम्मेवार निभाउँदै आएको काङ्ग्रेसले संसद विघटनपश्चात सडक सङ्घर्षमा आफूलाई उतारेको छ । दुई तिहाई सरकारको दम्भ देखाएर जनताका भावना र मर्ममाथि कुठाराघात गर्ने दुस्साहसमा लागेको वर्तमान सरकारकालाई शक्ति प्रदर्शनका माध्यमबाछ चेतावनी दिन काङ्ग्रेसले भभिभावकीय भूमिका निभाएको हो ।

यसैबिच नेपाली काङ्ग्रेस दाङले सबै वडा इकाइ समितिलाई विरोध प्रदर्शन भब्य रुपमा सफल वार्न आह्वान गरेको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले एक विज्ञप्ति जारी गरी नेपाली काङ्ग्रेसका भ्रातृ संघ, शुभेच्छुक संस्था एवम् सम्पूर्ण दाङवासीलाई कार्यक्रममा सहभागी हुन अपील गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्