राष्ट्रिय महिला लिगमा एपीएफको लगातार पाँचौं जित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राष्ट्रिय महिला लिगमा एपीएफको लगातार पाँचौं जित

    मा प्रकाशित

माघ १७, काठमाडौँ ।
राष्ट्रिय महिला लिगमा विभागिए टिम एपीएफले लगातार पाँचौं जित हातपारेको छ । आज भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई तीन शुन्यले हरायो ।
सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले दुई तथा प्रिति राईले एक गोल गर्नुभयो । उपाधिको प्रबल दावेदार एपीएफले खेलको १३ औं मिनेटमा अग्रता बायो । उसका लागि सावित्रा भण्डारीले गोल गर्न सफल हुनुभयो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा दुई गोल ग¥यो । लिगको शिर्ष स्थानमा रहेको एपीएफले पाँच खेलमा १५ अंक बनायो । वालिङको पाँच खेलमा पाँच अंक छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्