गजल – Kanika Khabar
Friday, October 16Nepali News Portal

गजल

    मा प्रकाशित


हाम्रो शिरमा टोपी छैन गलामा टाई कस्तो अचम्म।
देशमा संस्कृति बिर्सनेकै छ हाईहाई कस्तो अचम्म।

जसले देश लुटेर पुस्तौ पुस्तालाई थुपार्यो धन यहाँ
अदालत पनि उसैको दिन्छ सफाई कस्तो अचम्म।

भ्रष्टचार गरेको पैसाले मस्तीगर्दै महलमा बस्छ जो
उनिहरुनै जनतालाई लगाउँछन् दाईँ कस्तो अचम्म।

आफूहरुले पदमा बसेर पनि सिन्को सारेका छैनन्
भन्छन् विकास रोक्ने हिन्दुधर्म र गाई कस्तो अचम्म।

ठुला ठुला रोगहरु निको पार्ने त औषधी बनेकै छन्
तर राष्ट्र घातीहरु सुधार्ने बनेन दबाई कस्तो अचम्म।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्