आलाेचनाकाे `रिङ´ मा प्रधानमन्त्री, उम्किएलान् त विवादबाट ? – Kanika Khabar
Friday, April 26Nepali News Portal

आलाेचनाकाे `रिङ´ मा प्रधानमन्त्री, उम्किएलान् त विवादबाट ?

    मा प्रकाशित

कनिका खबर 

फागुन ९, दाङ ।

नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो मन्तव्यका कारण आलाेचनामा परेका छन् । हिजाे शनिबार विराटनगरकाे सभालाई सम्बाेधन गर्दै संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिले उनलाई आलााेचनाकाे `रिङ´मा तानेकाे छ । संसद् विघटन गरेेेर सडकमा  शक्तिकाेे हुँकार गर्न ओर्लिएका प्रधानमन्त्री हिजाेकाेे अभिव्यक्तिले विवादकाे कसिलाे घेरामा तानिने निश्चितप्रायः भएकाे छ ।

यसैबीच नेपाली  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

प्रवक्ता शर्माले  प्रधानमन्त्रीको  अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’

हिजाे विराटनगरमा शनिबार बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचनाकाे सुरू भएकाे छ । राजनीति वृत्तमा यतिबेला प्रधानमन्त्रीले न्यायालयमाथि दबाबमूलक अभिव्यक्ति दिएकाे भनी आलाेचना थालिएकाे छ । आलाेचनाकाे विवादास्पद रिङमाा तानिएका प्रधानमन्त्रीकाे यस्ताे अभिव्यक्तिलाई सत्तामाेहकाे छटपटाहट भनेर पनि टिप्पणी गर्न थालिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्