कुरुप बन्दै लमही बजार ‘कानुन विपरित सडकपेटी अतिक्रम गरी व्यवसायी संचालन, स्थानीय सरकार मौन’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

कुरुप बन्दै लमही बजार ‘कानुन विपरित सडकपेटी अतिक्रम गरी व्यवसायी संचालन, स्थानीय सरकार मौन’

    मा प्रकाशित

शिवु खनाल
दाङ, ११ फागुन ।
कानुन विपरीत लमही बजार क्षेत्रको मुख्य चोकस्थित सडकपेटीमा यत्रतत्र छरिएर व्यवसायी गरिएको छ । जस्ले गर्दा दाङको लमही बजार क्षेत्र कुरुप बन्दै गएको छ । दाङको लमही नगरपालिका बजार क्षेत्रका सडक पेटी अतिक्रम गरी स्थानीयहरूले व्यवसायी संचालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् । लमहीको बसपार्क देखि बजारको मुख्य चोकदेखि लमही अस्पताल जाने सुनखोली चोकसम्मको सडक पेटी अतिक्रम गरी व्यवसायी संचालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढाएको हो । बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रम गरेका छन् । पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।
यसरी सडकपेटी अतिक्रम गरी रहम्हदा पनि नगरपालिका, ट्राफिक प्रहरी, सडक कार्यालय जस्ता सम्बन्धित निकायले यस विषयमा कुनै चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् । व्यक्तिगत फाईदाको लागि बजारको स्वरूप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रम गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीय व्यवसायी युवराज पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘बजार व्यवस्थापनमा स्थानिय सरकार र व्यवासायिहरुको छाता संगठन देउखुरी उद्योग बाणिज्य संघले यस वियमा कुनै पहल कदमी लिएर छैन ।’ यस्तै लमही बजार क्षेत्रमा उचित रुपमा पार्किङ्ककमो व्यवस्था नहुुँदा र नालामाथि सल्याब लगाएर बनाइएको सडकपेटीमा व्यापारीहरूले व्यवसायिक सामग्रीहरू थुप्रिएपछि सडकबाट हिँड्नुपर्दा सडकमा हिँड्ने साना तथा ठुलो सवारीसाधनको ठक्करले ज्यान जाने डर भएको स्थानीय पवन रिजालले बताउनुभयो ।
लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले संरचनाको कमी भएकै कारण लमही बजार अलि अस्तव्यस्त भएको बताउनुभयो । उहाँका अुसार अव हामीले नगर प्रहरीको व्यवस्थापन गछौँ र त्यसपछि बजार व्यवस्थापन तर्फ अगि बढ्ने बताउनुभयो । यता सडक डिभिजन कार्यालय दाङका सब–ईञ्जिनियर महेश विकले आफुले पटकपटक जानकारी गराउँदा पनि अटेरी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘सडकपेटीको दाँया र बाँया व्यवसायी गर्न मिल्दैन । नगरपालिकालाई कर तिरेर व्यवसायी संचालन गरिएको छ भन्ने सुन्नमा आएको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्