कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो

    मा प्रकाशित

एजेन्सी ।
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । आज सम्म विश्वभर नै २५ लाख ३१ हजार १ सय मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

हालसम्म विश्वभरि नै ११ करोड ४० लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै ८ लाख ९६ हजार मानिस उपचार पछि निको भएका छन् । अमेरिकामा कोरोनाका कारण ५ लाख २३ हजारको मृत्यु भएको छ भने भारतमा मात्रै १ लाख ५६ हजारको मृत्यु भैसकेको छ । यस्तै ब्राजिलमा २ लाख ५२ हजारको मृत्यु भएको छ ।

रसियामा ८५ हजारको मृत्यु भएको छ । बेलायतमा भने कोरोनाका कारण १ लाख २२ हजारको मृत्यु भएको छ भने फ्रान्समा ८६ हजारको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्