दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ, पक्राउ पर्नेमा न्यायाधीशकी श्रीमती – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ, पक्राउ पर्नेमा न्यायाधीशकी श्रीमती

    मा प्रकाशित

 फागुन १६, दाङ ।

दाङकाे तुलसीपुरमा एक महिला ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्ने  न्यायधीशकी श्रीमती रहेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीभित्र राखेको अवस्थामा प्लाष्टिकसहित तौलगर्दा २.२२ ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी सिंहले बताए ।

इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोसाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कुुटरमा प्रतिबन्धित लागुऔषध बरामद बरामद गरेपछि पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका रुपमा कार्यरत छन् ।

पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहकी जिल्ला कमिटी सदस्य पनि हुन ।

पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् ।

पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्