‘अस्पतालमा छटपटाइरहेकी श्रीमती बचाउन श्रीमानकाे अपील’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘अस्पतालमा छटपटाइरहेकी श्रीमती बचाउन श्रीमानकाे अपील’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १६ फागुन
दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ४५ वर्षिय लक्ष्मी सुनार विगत तिनवर्ष देखि विरामीले थला पर्नुभयो । कुन रोगका कारण सुनारलाई तिनवर्ष सम्म ओछ्यानमा थला पर्ने स्थिती बनायो घर परिवार कसैलाई थाहा भएन । लगातार तिनवर्ष सम्म ओछ्यानमा थला परिन् श्रीमती । आर्थिक अभाव कै कारण श्रीमतीको उपचारमा समस्या आइ परेको र रोग पत्ता लगाउन समस्या परेको हो, लक्ष्मीका श्रीमान् हरिबहादुर सुनारले भन्नुभयो,–। ‘राजपुरको जंग्रहवा स्थित माइक्रो फाइनान्स संस्थाबाट ढाइ लाख ऋण लिएर नेपालगन्ज, कोहलपुर, चितवन, दाङ लगायत विभिन्न ठाउँका अस्पतालमा उपचारको लागि श्रमतीलाई लगियो तर, रोग भने पत्ता लागेन । ऋण लिएको पैसा सबै उपचारमा खर्च रित्तियो ।’
‘नेपालमा रोग पत्ता नलागेपछि थप उपचारको लागी भारत लैजाने निधो गरे । २२ वर्षिय छोरी मिना सुनारको साथमा श्रीमती लक्ष्मी सुनारलाई उपचारको लागी भारतको बढ्नी प्राइभेट रूवि अस्पतालमा भर्ना गरियो । भर्ना गरेको पन्ध्रदिन पश्चात् शल्यक्रिया गर्दा डाक्टरले लक्ष्मीलाई क्यान्सर भएको कुरा छोरी मार्फत जानकारी प्राप्त भयो ।’ शल्यक्रिया गरेर रोग पत्ता लाग्यो । भारतमा लक्ष्मीको उपचारको क्रममा पचाँस हजार खर्च भइसकेको छ, लक्ष्मीका श्रीमान् हरिबहादुर सुनारले भन्नुभयो,–। डाक्टरले लक्ष्मीको पेटमा क्यान्सर भएको छ । उपचारको लागी अझै एकलाख रुपैँया लाग्न सक्ने बताउनुभयो । अन्य पैसा जुटाएर पठाउन फोन मार्फत डाक्टरले भने, सुनारले भन्नुभयो ।’
‘रोग पत्ता लगाउन मात्रै नेपालका विभिन्न अस्पतालमा दुई देखि ढाइ लाख खर्च भइसकेको छ । अरू एकलाख उपचारमा खर्च लाग्न सक्ने छोरीले भनिन् । ज्याला मजदुर गरेर आठजना परिवारको गुजारा चलाउदै आइरहेको छु । अन्य आयस्रोत केही छैन । खेति किसानी गरेर जेनतेन घरगृष्ति चलाउनुपर्ने स्थिति छ । श्रीमतीको थप उचारको लागी कहाँबाट खर्च जुटाउने हो, सुनारले भन्नुभयो,–। ‘भारतको रुवी अस्पतालमा श्रीमती उपचारको लागी छटपटाइ रहेकी छिन् । श्रीमती बचाउन अपिल गर्छु ।’
क्यान्सर पिडित सुनारलाई दलित संघको सहयोग
नेपाल दलित संघ क्षेत्र नं. १ ले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी ४५ वर्षीय क्यान्सर पिडित लक्ष्मी सुनारलाई उपचारको लागी नगद पन्ध्र हजार आर्थिक सहयोग गरिएको छ । आईतवार नेपाल दलित संघ क्षेत्र नं. १ का सभापती पर्वल रसाईली र राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष प्रिया स्मृति गजमेरको सक्रियतामा पिडितको घरमा पुगेर नगद पन्ध्रहजार बराबरको आर्थिक सहयोग गरेको हो । आर्थिक रूपमा कसैलाई केही समस्या नहोस् र आर्थिकको अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर हामीले सहयोगको अभियान चलाएको राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष प्रिया स्मृति गजमेरले बताउनुभयो । अन्य उपचारको क्रममा लाग्ने खर्च अपुग भएमा पुन सहयोगको अभियान चलाएर क्यान्सर पिडितलाई उपचारमा सहयोग पु¥याउने नेपाल दलित संघ क्षेत्र नं. १ का सभापती पर्वल रसाईलीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्