कोरोनाविरुद्ध खट्न दाङ काङ्ग्रेसको आग्रह – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

कोरोनाविरुद्ध खट्न दाङ काङ्ग्रेसको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।
नेपाली कांग्रेस दाङले सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एबं शुभेच्छुक सबैलाई कोरोना संक्रमणका बिरुद्ध खट्न आग्रह गरेको छ । हिजो बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले कोरोना संक्रमण बढिरहेको भन्दै सुरक्षित रही यसको रोकथामका लागि लाग्न आग्रह गरेको हो । ‘झन पछि झन कोरोनाको संक्रमण फैलिईरहेको अवस्था छ,’ कांग्रेस दाङले गरेको निर्णयमा भनिएको छ ‘यो कठिन परिस्थितिबाट आम नागरिकलाई जोगाउनु दायित्व हाम्रो हो, यसर्थ आफू सुरक्षित रही कोरोना संक्रमणको जोखिम बिरुद्ध परिचालित हुन सबैमा अनुरोध गरिन्छ ।’
यसैगरी कोरोना परीक्षणको जाँच निकै सुस्त हुनु संक्रमणको खतराको अर्को कारण रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको बैठक पछि कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । यसैगरी भारतबाट आउनेहरुको संख्या बढिरहेको तर त्यहाँबाट आउनेहरुलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापनमा कमजोरी देखिएको भन्दै कांग्रेसले क्वारेन्टाइनको उचित व्यवस्थापनका लागि पनि तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ । ‘अहिले बनाइएका क्वारेन्टाइनहरु निकै अव्यस्थित र गुणस्तरहीन छन्,’ कांग्रेस दाङका सभापति खड्काले जारी गरेको बैठकको निर्णयमा भनिएको छ‘ क्वारेनटाइन गुणस्तरीय बनाउनका लागि आग्रह गरिन्छ ।’
साथै सरकारले ल्याउन लागेको बजेट सबै फजुल खर्च कटौती गरी मितव्ययी , आत्मनिर्भर, र उत्पादन केन्द्रित बनाउँदै स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि कांग्रेसले माग गरेको छ । यसैगरी पश्चिम रुकुममा भएको हत्या काण्डको पनि कांग्रेसले बिरोध गरेको छ । साथै दोषीहरुलाई तत्काल हदै सम्मको कारवाहीका लागि सरकार समक्ष माग समेत गरेको छ । यस्तै रोजगारदाताले श्रमिकहरुलाई पारिश्रमिक नदिएको गुनासो व्याप्त रहेको भन्दै कांग्रेसले सरकारले त्यसका लागि आकर्षक बजेट ल्याउन पनि माग गरेको छ । साथै कोरोना संक्रमणका बेला अग्रपङ्क्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, अधिकारकर्मीहरुको स्वास्थ्य बिमा र अन्य सुविधाको व्यवस्थापन गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्