डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाइनलमा भिड्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाइनलमा भिड्ने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन १८ तुलसीपुर दाङ ।
डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न सानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५-२०,२५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलाली ले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै उल्लेख्य दर्शक ले खचाखच भरिएको खेल मैदान मा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुर लाई २५-१७,२५- १९ र २५ -१८अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाईनलमा डल्फिन फिड कैलाली संग को उपाधी भिडन्त पक्का गरेको हो । उपाधि होडमा रहेका दुबै टिम मा राष्ट्रिय  खेलाडीको वर्चस्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्द ले जानकारी दिए ।
त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डागी फाउन्डेसन तुलसिपुर र पिवाईसी रुकुम भिड्नेछन् । यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथि बिच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्द ले जानकारी दिए ।प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा राााष्ट्रिय  रेफ्री हरिश ओली, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहनु भएकोछ भने स्कोररम भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी र रितु चन्द, अर्जुन रोका रहेका छन् ।
सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता,उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख,पचास ,पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ ।
यसैविच आयोजक ले बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोह मा उल्लेख्य उपस्थिका लागि खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवी, उधोगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्