काङग्रेस संसदीय दलको बैठक शुक्रबार – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङग्रेस संसदीय दलको बैठक शुक्रबार

    मा प्रकाशित

फागुन २०, काठमाडौँ ।
काँग्रेस संसदीय दलको बैठक भोलि शुक्रबार बस्ने भएको छ । नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा उक्त बैठक बस्ने काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव, विकासित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्