आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत – Kanika Khabar
Friday, April 26Nepali News Portal

आफ्नो नेतृत्वमा मात्रै काँग्रेस सरकारमा जान्छः डा महत

    मा प्रकाशित

फागुन २०, चितवन ।

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो ।  सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”

फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानु परेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे । उनले भने, ‘हाम्रो उपस्थितिबिना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।’ सरकार बनाउन काँग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै काँग्रेसले धारणा बनाउने बेला नभएको डा.महतको भनाइ थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्