दृष्टिविहीन परिवारलाई खाद्यान्न र लत्ताकपडा – Kanika Khabar
Friday, April 26Nepali News Portal

दृष्टिविहीन परिवारलाई खाद्यान्न र लत्ताकपडा

    मा प्रकाशित

बालाराम खड्का

तुलसीपुर, २१ फागुन ।

‘बाजे आजभोलि बेसार बिक्रीका लागि ल्याउनुहुन्न ? हजुरले ल्याएको बेसार कति राम्रो हुन्थ्यो ! यो प्रश्न गर्न नपाउँदै उनले मलिन मुख लगाउँदै बिलौना गर्दै भने– ‘आजभोलि बेसार खेती पनि छैन् भएको एउटा पानीघट्ट पनि बन्द भयो । जहान–परिवार पाल्न मुस्किल छ हजुर । भएको एउटा गाई पनि बाघले राति आएर खाईदियो । छोराछोरी दृष्टिविहीन बुढी पनि यस्तै छ, मनि बुढो भए, एउटा घर बनाउन लागेको त्यो नि अपुरो छ ।’

तुलसीपुर–३ पहरेखोला निवासी चन्द्रबीर वलीले यस्तै बिलौना गर्दै भन्दै थिए– ‘घरमा दाताहरुले दिएको चामल पनि अब २–४ दिनलाई मात्र छ । अब के खाने होला भनेर चिन्तित थियौं आज भगवानले ‘त सोच म पु¥याउँछु’ भनेजस्तै सहयोग प्राप्त हुँदैछ म निकै खुसी छु ।’ बुधवार नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाबाट समितिका अध्यक्ष काठमाडौ निवासी मधुकर गुरुङ र उपाध्यक्ष तुलसीपुर–७ निवासी डिएल गिरी (राजु)ले पठाइदिएको सहयोग लिन आएका उनले खुसी हुँदै भने– ‘कोही नहुनेको भगवान हुन्छ भन्छन् मलाई आज धेरै खुसी लागेको छ ।

चामल पनि पाइयो र अन्य लत्ताकपडा र नगद पनि ।’ चन्द्रबीरले यसको समन्वय गर्ने नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलाई पनि धन्यवाद दिए । त्यस्तै उनले खाद्यान्न, ओढ्ने, लगाउने कपडादेखि नून तेल र नगद ५ हजार पाउँदा उनकी श्रीमती छोराहरु पनि खुसीले गद्गद् थिए । त्योसँगै कृष्णकुमार गिरीले घरमा टिन लगाउनका लागि २५ हजार दिने र घरको अन्य खर्च पूरा गर्ने घोषणा गर्दा सो परिवारको खुसीको सीमा नै थिएन ।

त्यस्तै चार छोराछोरी दृष्टिविहीन रुपा गन्धर्वले पनि खाद्यान्न, नूनतेल, कपडा, झुल र नगद ५ हजार पाउँदा खुसी थिइन् । उनले यो सहयोगले आफू निकै खुसी भएको सुनाइन् । ‘खाने कुरा सबै पाएँ, त्यसमा पनि लत्ताकपडा, झुल पाउँदा निकै खुसी भएको छु, म सहयोग गर्नेलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन् ।

यसैबीच यो सहयोग जुटाउनको लागि समन्वय गर्ने तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्य तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले यस्ता असहाय अपाङ्गता भएकाहरुलाई सहयोग जुटाई यहाँसम्म पठाइदिने प्रवासी मधुकर गुरुङ र उपाध्यक्ष तुलसीपुर–७ निवासी डिएल गिरी (राजु)लाई धन्यवाद दिए ।

उनले समाजमा धेरै यस्ता असहाय विपन्नहरु रहेको भन्दै सबैले सक्दो सहयोग गर्नुपर्ने बताए । खड्काले मानव भएपछि मानवताको हिसावले पनि यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्ने भन्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पदाधिकारीहरुको सिको अरुले पनि गर्नुपर्ने बताए । ‘धन भएका मन नभएकाहरुलाई यो ठूलो पाठ हो यसको सिको सबैले गर्न जरुरी छ’, सभापति खड्काले भने । उनले नेपाली कांग्रेस दाङले यस्ता व्यक्ति तथा संस्थालाई सधै सम्मान गर्ने बताए । त्यस्तै संविधानसभा सदस्य बुद्धिराम भण्डारीले कमजोर असहाय व्यक्तिहरुलाई अष्ट्रेलियाबाट सहयोग जुटाएर पठाएकोमा आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा सहयोगका लागि समन्वय गर्ने कृष्णकुमार गिरीले थोरै भए पनि दृष्टिविहीन परिवारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले आफूहरुको समन्वयमा सहयोग जुटाएको बताए । उनले आउँदा दिनमा पनि यस्ता सहयोगका लागि अन्य राष्ट्रमा रहेका गैरआवासीय नेपालीहरुसँग सहयोगका लागि समन्वय सहकार्य गरिरहेको बताए ।

त्यस्तै गिरीले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई ५ हजार पिस सर्जिकल मास्क सहयोग गरेका थिए । सो मास्क गिरीले चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाललाई हस्तान्तरण गरेका थिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्