एकता जाेगाउनुहाेस् : सहिद परिवार – Kanika Khabar
Friday, April 26Nepali News Portal

एकता जाेगाउनुहाेस् : सहिद परिवार

    मा प्रकाशित

शिवु खनाल
दाङ, २१ फागुन ।
सहिद परिवारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उच्च नेतृत्वलाई पार्टी एकता जोगाइ राख्न आग्रह गरेका छन् । जनयुद्ध र विभिन्न राजनीतिक परिवर्तनमा सहिद भएका परिवारले पार्टी एकताबाट मात्रै सहिदको सपना पुरा गर्न सकिने भन्दै पार्टी एकता विरुद्धको गतिबिधिमा नलाग्न नेतृत्वलाई आग्रह गरेका हुन् ।

जनयुद्धको समयमा आफ्ना छोरा विशाल र प्रकाश गुमाउनु भएका लमही ३ टिकलीगढका नारायण पण्डितले विभाजनले सहिदको सपना पुरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘हाम्रो परिवारबाट मात्रै दुइ सन्तान सहिद भएका छन्, देशभरका हजारौ सहिदले देखेको सपना पूरा गर्नपनि पार्टीको उच्च नेतृत्वमा विभाजन आउनु हुँदैन ।’ यस्तै लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीका सहिद पुष्प घिमिरेकी जिवन संगिनी निर्मला घिमिरेले आफ्नो श्रीमान् पार्टीको योजना अनुसार फिल्डमा खटिरहेको समयमा गोली हानी हत्या गरेको स्मरण गर्दै सहिदको सपना पूरा गर्न पार्टी बलियो बन्नको लागि एकढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

दलका उच्च नेतृत्वको आपसी स्वार्थका कारण पछिल्लो समय कम्युनिष्ट आन्दोलन धराप पर्ने चिन्तामा घाइते एवं अपाङहरु पनि देखिन्छ । जनयुद्धको समयमा घाइते भएकाहरुले जनयुद्धको उपलब्धि रक्षा गर्नको लागि पनि कम्युनिष्ट पार्टीमा बिग्रह हुन नहुने तर्क घाइतेहरुले गरे । जनयुद्धका घाइते लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरका रविध्वज थापाले अहिलेको परिवर्तन ल्याउन आफुहरु जस्ता घाइतेको ठूलो भूमिका रहेको भन्दै घाइतेहरुको सम्मानको लागि पनि कम्युनिष्ट पार्टीमा एकता आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुह दाङको लमहीमा आयोजना गरेको जनयुद्ध,सुखानी हत्या काण्ड वीर सहिद तथा बेपक्ता परिवारलाई सम्मान कार्यक्रममा आयोजित कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य मेटमणी चौधरी कम्युनिष्ट पार्टीलाई यहाँसम्म ल्याउँदा देशभर हजारौ सहिद भएको भन्दै सहीदको सपना पूरा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘परिस्थितिले जो जहाँ भए पनि कम्युनिष्ट आन्दोलन र पार्टी जोगाइ राख्नुपर्छ, सबै कम्युनिष्ट शक्तीहरुमा एकता आवश्यक छ ।’
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समुहले पनि दाङको लमहीमा सहिद स्मृति दिवश मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रेवतीरमण शर्माले सहिदको सपना पूरा गर्नकोलागि आफु र पार्टी एक भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश साँसद समेत रहनु भएका घिमिरेले नेपाल जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर दुइतिहाइ सम्मको जनादेश दिएको स्मरण गर्दै जनताको विश्वास भत्काउन नहुने तर्क गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगरका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा नगर सदस्यलाई केन्द्रिय सदस्य रेवतिरमण शर्माले गराउनु भएको थियो । उता दाहाल नेपाल समूहले आयोजना गरेको कार्यक्रमको अध्यक्ष दाहाल नेपाल समुहका नगर अध्यक्ष शोभा घिमिरेले अध्यक्षता गर्नुभएको थियो । प्रमुख अतिथि केन्द्रिय सदस्य तथा संघीय साँसद मेटमणी चौधरी,बिशीष्ट अतिथि प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर), अतिथीहरु जिल्ला सदस्य विरवहादुर केसी, पवन रिजाल, सिता चौधरी यूवा नेता भूमाण्डव केसी, दामोदर आचार्य, शोभाकर आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्