राप्तीमा सुत्केरीलाई ‘उपाध्यक्ष कोसेली’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

राप्तीमा सुत्केरीलाई ‘उपाध्यक्ष कोसेली’

    मा प्रकाशित

तीर्थराज ज्ञवाली

भालुवाङ, २२ फागुन ।

राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई ‘उपाध्यक्ष कोसेली’ उपहार दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइमा बच्चा जन्माउने आमा र नवजात शिशुका लागि गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ दिन थालेको हो । विहिवार एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरुबाट कोसेली दिने कार्यक्रमको सुरुवात गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नं १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, निमिक्त प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारी, स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्कालगायतको सहभागीतामा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सुत्केरीलाई कोसेली स्वरुप आवश्यक सामाग्री प्रदान गरेर कार्यक्रमको सुरुवात गरेका हुन ।

संस्थागत प्रसुतिलाई थप प्रोत्साहित गरी मातृ मृत्यु तथा नव शिशु मृत्युदर कम गर्ने उद्देश्यले गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले वताए । पालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसुति भएको समयमा उपाध्यक्ष कोसेली अन्तर्गत पेटीकोट १ वटा सेनिटरी प्याड १ पाकेट, नङकट १ वटा, लुगाधुने सर्फ आधा किलो, जोन्सन वेवी सोप १ वटा जोन्सन वेवी पाउडर १ वटा, जोन्सन वेवी ओइल १ पिस सुत्केरी महिलालाई प्रदान गरिएको छ ।

राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी बृद्धी गरी आमा तथा नवजात शिशु मृत्युलाई कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा संचालन गरिंदै आएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरहरुबाट निःशुल्क २४ सै घण्टा प्रसुति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवति उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराए १ हजार उपलब्ध गराउदै आएको छ ।

सुन्य होम डेलिभरी वडा घोषणा कार्यक्रम लाई अभियानको रुपमा संचालन गर्दै शतप्रतिशत संस्थागत प्रसुति गराई असुरक्षित प्रसुतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास भैरहेको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्