वायु प्रदुषणको असर : दाङका शैक्षिक संस्था पनि चार दिनसम्म बन्द रहने – Kanika Khabar
Friday, April 26Nepali News Portal

वायु प्रदुषणको असर : दाङका शैक्षिक संस्था पनि चार दिनसम्म बन्द रहने

    मा प्रकाशित

कनिका खबर
चैत १६, दाङ ।
वायु प्रदुषणका कारण सरकारले आगामी चार दिनसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको छ । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा देखा परेको वायु प्रदुषणका कारण स्वास्थ्यमा पर्न सक्ने असरप्रति सर्तकता अपनाउन आग्रह गर्दै सरकारले भोलि मंगलबारदेखि शुक्रबारसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको हो ।

शिक्षा, विज्ञान तथा वा प्रविधि मन्त्रालयले जारी गरेको सुचना विज्ञप्तिका उल्लेख गरिएको सुचनाका आधारमा स्वास्थ्यमा आउने समस्याप्रति सजगता अपनाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङले आज एक विज्ञप्ति जारी गरी भोलि मंगलबारदेखि शुक्रबारसम्म प्याब्सनमा आवद्ध विद्यालयहरुको पठनपाठन कार्यलाई स्थगित गर्न आग्रह गरेको छ ।

 

प्याब्सन दाङका अध्यक्ष रेशमबादुर बुढा र सचिव खगेश्वर पौडेलद्वारा जारी विज्ञप्तिमा वायुमण्डल प्रद्षणको मात्रा बढ्दै गएकोले बच्चाबच्चीको स्वास्थ्यमा घरमा निगरानी राख्न आग्रह गरिएको छ । साथै कुनै विद्यालयहरुले पूर्व निर्धारित तालिका अनुसार परिक्षा सञ्चालन गरिरहेको भए सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी गतिविधि सत्तचालन गर्न र सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई आफ्नो समुदायमा रहेका सवास्थ्य चेतना गराउन तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्नका लागि समेत विज्ञप्तिमा अपील गरिएको छ ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्