वायु प्रदुषणमा कमि आएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

वायु प्रदुषणमा कमि आएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै

    मा प्रकाशित

कनिका खबर

चैत२२, दाङ ।

वायु प्रदूषणका कारण बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । केही दिन अगाडि वायु प्रदुषण अत्यधिक बढेपछि चार लिनका लागि बन्द भएका विद्यालय वायु प्रदुषण  कम भएपछि आजदेखि देशभरका विद्यालय सञ्चालन हुन थालेका हुन्  ।

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

वायु प्रदुषण बढेपछि सरकारले चैत १७ गतेदेखि चार दिनलाई विद्यालय बन्द गरेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्