सुरु भयो काठमाडौँ विश्वविद्यालयमा अनलाइन पढाइ – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुरु भयो काठमाडौँ विश्वविद्यालयमा अनलाइन पढाइ

    मा प्रकाशित

चैत २८, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरे पनि कार्यान्वयन भइसकेको छैन । कोरोनाको जोखिमलाई ध्यानमा राखी काठमाडौँ विश्वविद्यालयले हिजोदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

१५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडौं विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ बैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने प्रवक्ता इकुमाया पुनले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्