कराँते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

कराँते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न

    मा प्रकाशित

लक्ष्मण बस्नेत
चैत २९ दाङ ।
तुलसीपुर नगरस्तरीय सितोरियो कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा तुलसिपुर नगर क्षेत्रका विभिन्न स्थानमा डिजो संचालन गरेका स्वयंसेवक प्रशिक्षक लाई लक्षित गरीी तालिम दिईएको हो ।
दाङ तुलसीपुर ९ बेलुवा कराते हलमा भएको दुई दिने तालिममा एउटा कुशल प्रशिक्षकले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति,अनुशासन,सन्तुलित आहार, रेफ्रीले खेल खेलाउँदा ध्यान दिनु पर्ने आवश्यक सिद्धान्त र अभ्यास बारेमा अभ्यस्त गराईएको थियो ।
तालिममा नेपाल सितोरियो कराते प्रदेश न ५ का प्रमुख प्रशिक्षक बलराज नेपाली,कराँते अस्थायी प्रशिक्षक पदम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो ।
सो अबसरमा स्वयंसेवक प्रशिक्षक,सिनियर तथा जुनियर खेलाडी गरी दुई सय पचास जनाको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्