कोरोना कहर : पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना पुष्टि १३८ जना डिस्चार्ज र १३ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना कहर : पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना पुष्टि १३८ जना डिस्चार्ज र १३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
चैत ३०, दाङ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ ।

आज १सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्