राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ – Kanika Khabar
Friday, May 14Nepali News Portal

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    मा प्रकाशित

काठमाडौँ चैत ३०  ।

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि ९यू–१९० को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक रु ७० लाख उपलब्ध गराउने छ ।

हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । यस सम्झौतासँगै अब नेपाली यू –१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी गु्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्