वयान फेर्ने युवतीलाई एक महिना कैद सजाय – Kanika Khabar
Friday, April 26Nepali News Portal

वयान फेर्ने युवतीलाई एक महिना कैद सजाय

    मा प्रकाशित

दाङ , चैत ३१ ।
दाङमा बलात्कारको मुद्दामा बयान फेर्ने एक युवतीलाई कैदको सजाय हुने भएको छ । बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई दाङ देउखुरी जिल्ला अदालते एक महिना कैद सजाय तोकेको हो ।

ती युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलात्कार गरेको आरोप लगाउदै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएका एक बालिका र ती युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुख दिन उजुरी हालेको उल्लेख गरेका छन् ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । चैत २३ गते बसको न्यायाधीश थापाको इजलासले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पु¥याएको ठहर गर्दै एक जनालाई नबालिग भएकोले छोडिएको छ भने अर्को जाहेरवाला युवतीलाई कैदको फैसला गरेको हो । बलात्कारको आरोप लगाउने युवतीले तीन जना युवालाई जनही २५ /२५ हजार रुपैँया क्षति पुर्ती समेत दिनु पर्ने फैसला गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्