ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द

    मा प्रकाशित

चैत ३१, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यका सहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहित पोखरा, विराटनगर, वीरगन्ज सहित १५ वटा ठूला सहरमा सङ्क्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको उहाँले बताउनुभयो । उहाँले विद्यालय सहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन । पछिल्लो समय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिका समेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्