सिक्किममा जारी कंचनजंगा शिल्ड ए डिभिजन लिग क्रिकेटमा नेपाल पुलिस क्लवको जित – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिक्किममा जारी कंचनजंगा शिल्ड ए डिभिजन लिग क्रिकेटमा नेपाल पुलिस क्लवको जित

    मा प्रकाशित

सिक्किममा जारी कंचनजंगा शिल्ड ए डिभिजन लिग क्रिकेटमा नेपाल पुलिस क्लवले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा पुलिसले ब्ल्याक इगल्स सिक्किम आर्म पुलिसलाई दुई सय ३३ रनको भारी अन्तरले हराएको हो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४९ रन बनायो ।

 

पुलिसकालागि सुनील धमलाले एक सय ११ रन बनाउनुभयो भने अनिललले एक सय दुई रनको पारी खेल्नुभयो । यस्तै कप्तान मञ्जित श्रेष्ठले ३५ रनको योगदान गरे भने रासिद खानले २९ रन थपे । यस्तै सिद्धान्त लोहनीले ११, दिलिप नाथले १७, शंकर रानाले १९ रन बनाउनुभयो । बलिङमा प्रशान्तले तीन तथा मन्दिपले तीन विकेट लिनुभयो । जारी प्रतियोगितामा पुलिसले लगातार तीन खेलमा उत्कृष्ट जित निकाल्दै अविजित रहेको छ । जवाफमा सिक्किम टिम २८ ओभर दुई बलमा एक सय १६ रनमा अलआउट भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्