माओवादी केन्द्र अलमलमा : बैठक कार्यसूचिमा सीमित – Kanika Khabar
Friday, April 26Nepali News Portal

माओवादी केन्द्र अलमलमा : बैठक कार्यसूचिमा सीमित

    मा प्रकाशित

बैशाख ७, दाङ ।
नेकपा माओवादी केन्द्रको अलमलले देशको राजनीतिक अतरलतालाई झनै तरल बनाउन मद्दत गरेको छ । नेकपाभित्रको फुटपछि राजनीतिक कित्ता अलग भइसकेको माओवादी केन्द्र यतिबेला न त सरकारमा छ न त प्रतिपक्षमा रहेको छ ।
पार्टीभित्रको आपसी विवादका बेला र फुटपश्चात निकै कडा आलोचनाका रुपमा उत्रिए पनि व्यावहारिक रुपमा आफ्नो कित्तालाई स्पष्ट पार्न सकेको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनलाई पटक पटक फिर्ता लिने उद्घोष गरे पनि ‘क्लियर डिसिजन’ को केन्द्रमा आफूलाई उभ्याउन सकेको छैन । माओवादी केन्द्रको डिसिजनको अभावमा राजनीतिले स्पष्ट गति लिन सकेको छैन । अब राजीतिक तरलतालाई गतिशील बनाउनका लागि माओवादी केन्द्रले स्पष्ट धारणा लिन जरुरी छ ।

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले पनि सरकारलाइ दिएको समर्थन फिर्ता लिने , नलिने निर्णय गर्न सकेन । यसबारेमा नेताहरु बीचमा एक मत नभएकाले अर्को दिन बैठक बसेर निष्कर्ष निकालिने निर्णय भएको छ ।
यस्तै आज बसेको बैठकले विभिन्न ६ वटा कार्यसूची बनाएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले विधान संशोधन, संगठनात्मक कार्यदलको कामबारे, आगामी केन्द्रीय समितिको बैठकबारे, वर्तमान सरकारको विरुद्ध नयाँ सरकार गठनबारे र विविध विषयमा कार्यसुची तय गरेको जानकारी दिनुभयो ।

बैठकमा कार्यसूचीमा केन्द्रीत रहेर छलफल भएको र आजको बैठकले ओली सरकारलाई हटाउन सबै दलसँग छलफललाई घनिभूत बनाउने, कोरोना नियन्त्रणमा सबै पार्टी पंक्ति परिचालित हुने र सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोमा विरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्