‘नो अब्जेक्सन लेटर’ दिन बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘नो अब्जेक्सन लेटर’ दिन बन्द

    मा प्रकाशित

बैशाख ९,काठमाडौँ
सरकारले आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अनुमति दिन बन्द गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) आज देखि बन्द गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो एक सूचना जारी गर्दै सो जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द गरिएको हो ।

आजदेखि लागु हुने गरि अर्को सूचना नभएसम्म वैदेशिक अध्ययन स्वीकृती पत्र दिन बन्द गरिएको सूचनामा उल्लेख छ । तर,विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्सन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई आजदेखि 'नो अब्जेक्सन लेटर' दिन बन्द  | Hamro Doctor News

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्