भोलिदेखि काठमाडौँमा अत्यावश्यकबाहेकका कार्यालय बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

भोलिदेखि काठमाडौँमा अत्यावश्यकबाहेकका कार्यालय बन्द

    मा प्रकाशित

बैशाख २९, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा भोलि बिहीबारदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज बुधबार एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाएको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्नेरगराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्