संकटको सारथी चौधरी र पौडेल – Kanika Khabar
Friday, April 26Nepali News Portal

संकटको सारथी चौधरी र पौडेल

    मा प्रकाशित

शिवु खनाल
दाङ, १ जेठ
नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड १९) संङ्क्रमण फैलिदा रोजगारको लागि विभिन्न जिल्लाबाट घण्टौ पैदल यात्रा गरि गन्तव्यमा पुग्ने यात्रुलाई लमही बसपार्कमा मेस संचालन गरि निशुल्क खान खुवाउने दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष डण्डिराम चौधरी र संस्थाका सचिव सनमकुमार पौडेल दोस्रो चरणको कोभिडको सङ्क्रमणमा पनि सक्रिय देखिनु भएको छ । देउखुरी क्षेत्रका सफल व्यवसायी एवम् नेकपा एमालेको राजनीति समेत गरिरहनु भएका सनमकुमार पौडेल एवम् समाजसेवी, विगत २०५४ साल देखि नेकपा एमालेको सक्रिय राजनीति समेत गरिरहनु भएका लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरी कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको सङ्क्रमण फैलिएसंगै आफ्नो व्यवसायीको काम बन्द गरेर अस्पतालमा छट्पटाइरहेका सङ्क्रमितहरूको लागि अक्सिजनको व्यवस्थापनमा अहोरत्र खटिनुभएको छ ।
देउखुरी कोरोना विशेष अस्पतालका सबै बेड बिरामीले भरिएका छन् । तर सोहि अस्पतालमा कसैले अक्सिजन पाएका छन् भने को अक्सिजन बिना अस्पतालमा छट्पटाइरहेका छन्, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरीले भन्नुभयो,–। ‘यो महामारीको बेला हामी सबै एकजुट भएर लाग्नुपर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे अक्सिजनको अभावमा बिरामीले अकालमा गुमाउनु पर्दैन ।’ चौधरीले आफुले प्रयोग गर्दै आएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी सङ्क्रमितहरूका लागि निशुल्क रूपमा अक्सिजन संकलनमा प्रयोग गर्नुभएको छ । पछिल्लो समय यता देउखुरी क्षेत्रका सफल व्यवसायी एवम् नेकपा एमालेको राजनीति समेत गरिरहनु भएका सनमकुमार पौडेल कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमितहरूका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरको व्यवस्थापनमा सक्रियता देखाउनका साथै अहोरत्र खटिरहनु भएको छ । कोभिडका सङ्णक्रमितहरू राखिएको अस्पतालमा सम्म अक्सिजन ग्यासका सिलिन्डर बोकेर पु¥याउने अध्यक्ष चौधरी र सचिव पौडेलको दैनिकी नै भन्नुपर्छ ।।
खानेपानी संस्थाद्धारा निशुल्क अक्सिजन हस्तान्तरण
दाङ देउखुरीको लमही खानेपानी उभोक्ता तथा सरसफाई संस्थाले पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरीको लमही अस्पताल र देउखुरी कोरोना विशेष अस्पताललाई निशुल्क अक्सिजन सहयोग प्रदान गरको छ । संस्थाको बैठकले अक्सिजन खरिद गरि लमही अस्पताल र कोरोना अस्पतालमा उपचाररत संक्रमितलाई उपचारमा सहजता होस् भनेर संस्थाबाट निशुल्क अक्सिजन उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तरगत अक्सिजन खरिदको लागी पाँच लाख बजेट विनियोजन गरिएको थियो । संस्थाले अहिले सम्म ७८ वटा अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेको संस्थाको सचिव सनमकुमार पौडेलले जानकारी दिनुभयो । थप अन्य अक्सिजनको खोजी कार्य भैइरहको छ, पौडेलले भन्नुभयो । यस्तो महामारीमा जनप्रतिनिधिको भुमिका धेरै हुनुपथ्र्थाे तर, खासै केही देखिएन । जनताप्रति जिम्मेवारी बोध भएको हर्न चाहेका जनता अहिले निराश भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्