जसपा संवादमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

जसपा संवादमा

    मा प्रकाशित

जेठ २, दाङ ।
जनता समाजवादी पार्टी भित्रको आन्तरिक विवाद हल गर्न अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव संवादमा जुटेका छन् ।

अहिले दुई अध्यक्षबीच पार्टी कार्यालय बालकुमारीमा वार्तामा भइरहेको छ ।
दुई अध्यक्षबीच पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको उनले बताए।

प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्