आज २८औँ मदन—आश्रित स्मृति दिवस – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज २८औँ मदन—आश्रित स्मृति दिवस

    मा प्रकाशित

जेठ ३, काठमाडौँ ।
नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औँ स्मृति दिवस, नेताद्वयको योगदानको चर्चा गर्दै मनाइँदैछ । नोबेल कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण जोखिमका कारण एमालेले कुनै औपचारिक कार्यक्रम आयोजना नगरे पनि बिभिन्न सामाजिक सञ्जालमार्फत नेताहरूले श्रद्धा प्रकट गरेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता भण्डारी र आश्रितको स्मृति दिवसमा एक वक्तत्व्य जारी गर्दै जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्ने सङ्कल्प गर्दै उहाँले पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिको रूपमा स्थापति गर्ने र राष्ट्रियताको सम्वद्र्धन, हितको रक्षाका लागि अविचलित क्रियाशील रहने उल्लेख गर्नुभएको छ ।

एमाले नेता माधवकुमार नेपालले पनि दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने उल्लेख गर्नुभएको छ । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा भएको जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्