गुल्मीमा पछिल्लो २४ घण्टामा ११जनाको मृत्यु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गुल्मीमा पछिल्लो २४ घण्टामा ११जनाको मृत्यु

    मा प्रकाशित

हुमाकान्त पोखरेल
जेठ ३, गुल्मी ।
दोस्रो चरणको कोरोना लहरका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । अस्ति दिउँसो ३ बजेदेखि हिजो दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेसन, स्याङ्जा, काठमाडौ, चितवन, बुटबल लगायतका स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड –१९ फोकल प्रसन गोपाल कार्कीले जानकारी दिनुभयो ।

कालिगण्डकी गाउँपालिका –५ का ५१ वर्षका पुरुषको स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका – २ का ७५ वर्षीय महिलाको तम्घास अस्पतालमा, सत्यवती गाउँपालिका –७ का ८० वर्षका बृद्धको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका कोरोना फोकल पर्सन कार्कीले जानकारी दिनुभयो । इस्मा गाउँपालिका –३ का ८१ वर्षका पुरुषको भैरहवामा, धुर्कोट गाउँपालिका –२ का ३२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा, रेसुङ्गा नगरपालिका –१ का ६६ वर्षका महिलाको चितवनमा मृत्यु भएको कार्कीले बतानुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्