दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

जेठ ३, दाङ ।
आज दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ८४ बर्षीया महिलाको राति सवा १२ बजे, तुलसीपुर १८ निवासी ६० बर्षीया महिलाको साढे ८ बजेतिर , तुलसीपुर १० निवासी ५५ बर्षीय पुरुषको दिउसो पौने १२ बजेतिर र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ५५ बर्षीय पुरुषको दिउसो साढे १ बजेतिर मृत्यु भएको हो ।

यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । अहिले अस्प्तालमा ६० जनाको उपचार भइरहेको छ, भने आज ११ जना भर्ना भएका छन् । आज अस्पतालबाट २ जनाको मात्रै डिस्चार्ज भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्