इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध – Kanika Khabar
Friday, April 26Nepali News Portal

इजरायल–प्यालेस्टाइनबीचको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अनुरोध

    मा प्रकाशित

एजेन्सी ।
इजरायल–प्यालेस्टाइनबीचको जारी हिंसा रोक्न र सर्वसाधारणको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले अनुरोध गर्नेक्रम बढेको छ । सुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अनुरोध गरेका हुन् ।

 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई निशाना बनाउन छोड्नुपर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले दुवै पक्षलाई सर्वसाधारण र बालबालिकाको रक्षाका लागि अनुरोध गर्नुभएको छ । संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

 

इजरायल–प्यालेस्टाइनबीचको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । गएको हप्ताको सोमबारदेखि त्यहाँ हिंसा जारी छ । अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् ।

इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ । तर गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको दावी गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्