पछिल्लो २४ घण्टामा दाङमा २५० जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा २५० जनामा कोरोना पुष्टि

    मा प्रकाशित

जेठ ४, दाङ ।
पछिल्लो २४ घण्टामा दाङका २ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ सय ५० जनाको स्वाब परीक्षण गर्दा १ सय १५ जना महिला तथा १ सय ३५ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ५ हजार ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै अर्कोतिर बैशाखयता मात्रै दाङमा झण्डै ३ हजार कोरोनाका विरामी निको भएका छन् । आज निको भएका ३ सय ६ जनासहित २ हजार ९ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ५ सय २५ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ स ६४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ३ सय ६३ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्