मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन – Kanika Khabar
Friday, April 26Nepali News Portal

मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन

    मा प्रकाशित
जेठ ४, जनकपुरधाम ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन भएको छ ।

कोरोना संक्रमितहरुका लागि अक्सिजनको आभाव हुन नदिन मन्त्री यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन भएको हो ।

आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरी समिति गठन गरेको बुझिएको छ ।

समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरु बाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छ ।

यस्तै, बैठकले कोरोना संक्रमितहरुको उपचार भैरहेको प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूहसमेत गठन गरेको छ ।

समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने छ ।

समितिलाई आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागि (आइएमओ) गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्