बाग्मती प्रदेशमा भोलि हुने उपनिर्वाचनको तयारी पूरा – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाग्मती प्रदेशमा भोलि हुने उपनिर्वाचनको तयारी पूरा

    मा प्रकाशित

जेठ ५, काठमाडौँ ।
बाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य रिक्त एक पदको उपनिर्वाचन भोलि हुँदैछ । निर्वाचनमा एमालेका रामबहादुर थापा बादल, एमालेकै माधव नेपाल पक्षको समर्थनमा गठबन्धन उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि आवश्यक पूर्वाधार र स्वास्थ्य सुरक्षाका मापदण्ड, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

मकवानपुरको हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र बनाईएको छ । बागमती प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष र कोरोना सङ्क्रमित मतदाताहरूको लागि छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था गरिएको छ ।

मतदाताको स्वास्थ्य सुरक्षाका लागि मतदानस्थलमा मेडिकल डाक्टर सहितको हेल्थ डेक्स, एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको छ । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् । कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्