राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त

    मा प्रकाशित

जेठ ६, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त पारेकी छिन् । प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णयअनुसार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

भोलि एक दिनको समय दिएर राष्ट्रपतिले कुनै सांसदले बहुमत जुटाउन सके नयाँ सरकारको दाबी गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

संविधानको धारा ७६ उपधारा ५ मा कुनै सांसदले बहुमत जुटाउन सके सरकार गठन हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’

भोलि बेलुका ५ बजेसम्म कुनै दलले बहुमतको सरकार गठनका लागि आधार प्रस्तुत गर्न नसके संविधानअनुसारै संसद विघटन हुनेछ । त्यसरी संसद विघटन गर्दा ६ महिनाभित्र चुनावको मिति समेत घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्