त्रिशुली अस्पतालमा आइसीयू थप्न स्थानीय तहको सहयोग – Kanika Khabar
Friday, April 26Nepali News Portal

त्रिशुली अस्पतालमा आइसीयू थप्न स्थानीय तहको सहयोग

    मा प्रकाशित

देवचन्द्र भट्ट
जेठ ७, नुवाकोट ।
महामारीको रुपमा रहेको कोभिड–१९ का संक्रमितहरु वढिरहेका कारण नुवाकोटमा स्थानीय तहहरुले अस्पतालमा आइसियु वेड थप्न माग गरेका छन् । विदुर नगरपालिका वडा नं. ९ वागटारमा रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा आइसियुसहितको वेड थप गर्न स्थानीय तह जुटिरहेका हुन् ।

 

अस्पतालमा नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाका विरामीहरुको उपचार हुदै आएको छ । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न नुवाकोटका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका हुन् ।कोरोना सङ्क्रमित बिरामीलाई हाल आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले १० लाख रुपैया तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । त्रिशूली अस्पतालमा हाल ६ शय्याको आइसियु, चार एचडियु र ६ थान भेन्टिलेटर सञ्चालनमा छ ।

 

नुवाकोटसहित तीन जिल्लाका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना सङ्क्रमित बिरामीको चाप बढेसगैँ १० शय्याको आइसियु थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्