अन्ततः मध्यरातमा संसद विघटन : कार्तिक २६ र मंसिर ३ गते निर्वाचनका लागि सिफारिस – Kanika Khabar
Friday, April 26Nepali News Portal

अन्ततः मध्यरातमा संसद विघटन : कार्तिक २६ र मंसिर ३ गते निर्वाचनका लागि सिफारिस

    मा प्रकाशित

जेठ ८, दाङ ।
अन्ततः सरकारले मध्यरातमा संसद विघटन गरेको छ । सरकारले मध्यरातमा संसद विघटन गर्ने र मध्यावधि चुनाव गर्न सिफारिस गरेको हो ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको एक मन्त्रीले बताए ।

शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि आजै मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६-५ अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले पेस गरेको दाबी नपुगेको ठहर गरेकी थिइन्।

दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रूपमा नमिलेको निर्णय राष्ट्रपतिले लिएकी छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्