प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध हस्ताक्षर सङ्कलन

    मा प्रकाशित

जेठ ९, दाङ ।

प्रतिनिधिसभा विघटनको विरुद्ध कानुनी लडाइका लागि नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरूको भेला आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने हिजोको विपक्षी गठबन्धनको बैठकले निर्णय गरेको थियो । त्यही प्रयोजनका लागि हस्तक्षर सङ्कलन लगायत कागजी प्रक्रिया पु¥याउन सांसदहरू एक ठाउँमा भेला हुन लागेका हुन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको बताउनुभयो । आज बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा विपक्षी गठबन्धनका सांसदहरूको भेला हुँदै छ । रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सर्वाेच्च जाने तयारी विपक्षी दलहरूको छ । विपक्षी गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्