अक्सिजन प्लान्टका लागि बजेट गयो, काम भने सुस्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

अक्सिजन प्लान्टका लागि बजेट गयो, काम भने सुस्त

    मा प्रकाशित

सुशीला श्रेष्ठ
जेठ १०, काठमाडौँ ।
नोबेल कोरोना भाइरसको दोस्रो लहर भित्रिएसँगै नेपालमा भएको अक्सिजनको अभावटार्नका लागि सरकारले अस्पतालहरूलाई अक्सिजन प्लान्ट स्थापनाका लागि रकम पनि पठाइसकेको छ, तर अस्पतालहरू भने १ देखि २ हप्ता अझैँ अक्सिजन प्लान्ट स्थापनाका लागि समय लाग्ने बताउँछन् ।

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान लागि अर्थ मन्त्रालयले १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । अस्पतालले २ दिन अघि यो जानकारी पाउँदा अक्सीजन प्लान्ट जडानको काम सुरु भइसकेको थियो । अवको एक हप्ताभित्रै काम सकिने बताउनुहुन्छ, अस्पताल प्रमुख सन्दीप कुमार ओखडे । बझाङ मात्रै होइन, १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि २ दिनअघि अर्थमन्त्रालयले थप १७ करोडभन्दा धेरै रकमको सहमति दियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ५ करोड १२ लाखभन्दा धेरै बजेट छ । तर अक्सीजन प्लान्ट निमार्णको लागि हप्ता दिनको समय दिएर टेण्डर आब्हानको तयारी हुँदैछ भन्नुहुन्छ प्रतिष्ठानका उपकुलपति मंगल रावल । १ हप्ताअघि मन्त्रालयले नै २६ वटा केन्द्रीय र ९ वटा प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट लगायतका उपकरण खरिदका लागि २ अर्ब ९५ करोडभन्दा धेरै रकम खर्चका लागि सहमति दिएको थियो । कतिपय अस्पतालमा खरिद प्रक्रिया नै सुरु भएको छैन । चितवनको भरतपुर अस्पतालका प्रवक्ता डाक्टर युवा निधि वसौलाले खरिदको तयारी भएको जानकारी दिनुभयो ।

कोरोना महामारीसँग जुध्न आवश्यक पर्ने उपकरण जडानका लागि केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पतालले १ अर्ब ३६ करोडभन्दा धेरै र जिल्लाका १२ वटा अस्पतालले अक्सिजन पाइप तथा प्लाण्ट निर्माण गर्न१६ करोड ८० लाख रुपैयाँको सहमति पाइसकेको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता दुई दर्जन भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको प्रकृया सुरु भएको छ । बाँकेको भेरी लगायतका केही अस्पतालले जडानपछि अक्सिजन उत्पादन सुरु गरे पनि बाँकी अस्पतालमा जडानको कामले नै गति लिन नसकेको सम्बन्धित निकायको भनाइ छ । सीआईएनबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्