केपी ओली समुहले ग¥यो माधव— खनाल समुहका ११ जना सांसदलाई कारबाही – Kanika Khabar
Friday, April 26Nepali News Portal

केपी ओली समुहले ग¥यो माधव— खनाल समुहका ११ जना सांसदलाई कारबाही

    मा प्रकाशित

जेठ १०, दाङ ।
नेकपा एमालेले नेता खनाल–नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो । एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्