कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा शुरु भएको हो ।

कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्