मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।

मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।

पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान् बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने ५४ वर्षीय माइला भनिने कृष्णबहादुर मोक्तानले टहराभित्र वादविवाद हुँदा कुटपिट गरेको र नजिकैको न्यूरेनीस्थित भूटनदेवी सामुदायिक वनमा लगी फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मोक्तानलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्