प्रधानमन्त्री ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार : पुर्वसभामुखहरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रधानमन्त्री ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार : पुर्वसभामुखहरु

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।
पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार भएको टिप्पणी गरेका छन् ।
आज सभामुख अग्निप्रसाद सापकोटाले नयाँबानेश्वरमा पूर्व सभामुखसँग गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहनुभएको छ । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्यदलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् । तर सुवास नेम्वाङ भने सहभागी हुनु भएन । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा सभामुख सापकोटाले परामर्श गरिरहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्