महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण – Kanika Khabar
Friday, April 26Nepali News Portal

महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् ।

उनले विगत केही दिनहरुमा तपार्इंको काम कारबाही र क्रियाकलापहरु हाम्रो पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरीत भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

उनले विभिन्न ७ वटा विषयहरुको तीन दिनभित्र पार्टी कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

मंगलबार सोधिएको स्पष्टीकरणमा गुटगत बैठक, लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाही, सर्वोच्च अदालतमा पार्टी निर्णयविना गठबन्धनको रिटमा हस्ताक्षर गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्