प्रविण केसीद्राद्वारा निशुल्क अटो एम्बुलेन्स सञ्चालन – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रविण केसीद्राद्वारा निशुल्क अटो एम्बुलेन्स सञ्चालन

    मा प्रकाशित

देविराम कुसारी

शितलपुर, १३-जेठ।

तुलसीपुर उपमहानगरपालिका १२ उरहरीका प्रविण केसीले निशुल्क अटो एम्बुलेन्स सञ्चालन गरेका छन् । उरहरी घर भई हाल रोजगारीको सिलसिलामा अमेरीका बस्दै आएका प्रविण केसीले निशुल्क रुपमा अटो एम्बुलेन्स सञ्चालन गरेका हुन् ।

कोरोना महामारीबाट प्रभावित भएका अति विपन्नलाई सेवा दिने उद्देश्यले निशुल्क रुपमा अटो एम्बुलेन्स सञ्चालन गरेको केसीले बताए । केसीले तुलसीपुर १२ का रा १ ह ४१९२ र रा१ह २३७१ नम्बरका दुई अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको र अटो सञ्चालनको जिम्मा जस्पुरका हरिप्रसाद बुढाथोकीलाई दिइएको छ ।

कसैलाई समस्या परेमा बुढाथोकीको मोबाइल नम्वर ९८५७८२३६९४ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । केसीले शितलपुरको काठ वैंक तथा घाट व्यवस्थापन समितिलाई पनि आर्थिक सहयोग गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्