दाङमा यात्रुबहाक जीप दुर्घटना , ४ जना घाइते – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

दाङमा यात्रुबहाक जीप दुर्घटना , ४ जना घाइते

    मा प्रकाशित

कपिल लामिछाने
दाङ , १३-जेठ ।

बेनीबाट कपुरकोटका लागि छुटेको यात्रुबहाक जिप दाङमा दुर्घटनामा परेको छ । १२ जना यात्रु ल्याएर आएको रा १ज ५१५ नम्बरको जीप आज(विहीबार) तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परिेको हो । अपरान्ह पौने ४ बजेतिर दुर्घटना हुँदा ४जना घाईते भएका छन् ।

घाईते हुनेमा ललित बिक, गगन बाँठा, सन्तोष बिक र दोर्ण बिक घाईते रहेका छन् । घाइते मध्ये सन्तोष बिक र दोर्ण बिकलाई गम्भिर चोट लागेको छ । घाईतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ । साथै घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्