डोटीमा तेस्रो पटक निषेधाज्ञाको समय थपियो – Kanika Khabar
Monday, April 21Nepali News Portal

डोटीमा तेस्रो पटक निषेधाज्ञाको समय थपियो

    मा प्रकाशित

किरण धामी
जेठ १४, डोटी ।
डोटीमा तेस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञा जेठ २२ गते राति १२ बजे सम्म जारी रहने भएको छ ।

जिल्लामा कोरोना सक्रीय सङ्क्रमितको संख्या दिनानुदिन बढीरहेकाले निशेधाज्ञा थप गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ । कसैले अध्यादेश बमोजिम कुनै काम गर्न बाधा गरेमा एक वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिवाना, मापदण्डको पालना नगरेमा ६ महिना सम्म कैद वा तिन लाख रुपैयाँ सम्म जरिवाना र कुनै व्यक्तिले अध्यादेश बमोजिम दिईएको आदेशको पालना नरेमा एक लाख सम्म र संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।

त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजाओत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजाओतमा रोक लगाईएको ठाउँमा गएमा पटकै पिच्छे दुई सय रुपैयाँ, पास विना सवारी साधन सञ्चालन गरेमा दुई पाङ्ग्रे गाडीलाई पटकै पिच्छे दुई हजार रुपँया र अन्य सवारीसाधनलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवान तिराईने जनाईएको छ । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञाको समय जेठ १५ गते राति १२ बजे सकिदै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्